रामेछाप नगरपालिकाद्धारा ३० जना उत्कृष्ट कृषकलाई सम्मान

रामेछाप नगरपालिकाद्धारा ३० जना उत्कृष्ट कृषकलाई सम्मान

रामेछाप नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । आज नगरपालिकाले नगरभरीका ३० जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । कृषि र पशुपालन व्यवसायमा आबद्ध भएर उत्कृष्ट काम गरेका ३० जना कृषकहरुलाई सम्मान गरिएको रामेछाप नगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।

नगरपालिकाले उत्कृष्ट ३० जना कृषकलाई जनही २० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरेको हो । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले कृषकहरुलाई खादा ओढाएर सम्मान पत्र र चेक हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाले उत्कृष्ट कृषक छनोट गरेर सम्मान गरेकोमा निकै खुशी लागेको रामेछाप नगरपालिका ७ का कृषक जिवन मगरले बताउनुभयो । सम्मान पाएसँगै आफुलाई कृषि र पशुपालनमा लाग्ने थप प्रेरणा मिलेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार