जिल्ला अस्पताल रामेछाप परिसरमा विभिन्न जातका फलफुलका बिरुवा रोपिए

जिल्ला अस्पताल रामेछाप परिसरमा विभिन्न जातका फलफुलका बिरुवा रोपिए

जिल्ला अस्पताल रामेछाप परिसरमा विभिन्न जातका फलफुलका बिरुवा रोपिएको छ । अस्पताल परिसरमा लिचि,कागती,अम्बा,टिमुर र लौठ सल्लाका बिरुवाहरु रोपिएको अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले बताउनुभयो ।

डिभिजन वन कार्यलय रामेछापबाट प्राप्त भएका ति फलफूलका विरुवाहरु रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी,डिभिजन वन कार्यालय रामेछापका प्रमुख रामकृष्ण के.सी,रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,गोरख गणका गणपति ,विष्णु सापकोटा,प्रहरी नायव उपरीक्षक राजकुमार थिङ, वडा नं ८ का वडाध्यक्ष सन्तोषकुमार तामाङ लगायत अस्पतालका कर्मचारीहरुको सहभागीतामा बिरुवाहरु रोपिएको अध्यक्ष पाख्रिनले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार