आजदेखि लुक्लामा मन्थली विमानस्थलबाट नियमित उडान शुरु

आजदेखि लुक्लामा मन्थली विमानस्थलबाट नियमित उडान शुरु

काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोवर)बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एक÷एक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार काठमाडौंमा बिहानको समयमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिइएको हो ।यसअघि कोभिड भन्दा अगाडी समेत काठमाडौंबाट लुक्लामा भइरहेको उडान रामेछाप सारिएको थियो ।लुक्लामा समिट एयर, तारा एयर, सीता एयरले नियमित उडान गर्छन् । पर्यटकीय सिजन शुरु भएसँगै लुक्ला व्यस्त रहने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार