असोज १३ गतेदेखी “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुँदै

असोज १३ गतेदेखी “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुँदै

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुने भएको छ । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गर्न लागेको हो । असोज १३ गतेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिम सहभागी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको खेलकुद संयोजक मनिष मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाउने छ । प्रतियोगितामा द्धितिय हुने समुहले नगद २० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजारको साथमा ट्रफी पाउने छ ।

प्रतियोगिताको उदाउँदो खेलाडीले नगद ३ हजारको साथमा ट्रफी,उत्कृष्ट किपरले नगद ३ हजारको साथमा ट्रफी र म्यान अफ दि म्याचलाई मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता रामेछापको रामेछाप नगरपालिका–८ टुँडिखेलमा संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार