सबैको मन जितेर बिदाई भए रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लामगादे

फेरि भेटौँला(बिदाई) कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लामगादेको (भिडियो) सहित

सबैको मन जितेर बिदाई भए रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लामगादे

फेरि भेटौँला(बिदाई) कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लामगादेको (भिडियो) सहित

रामेछापको रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामेछाप नगरपालिकाबाट सरुवा हुनुभएको छ । दुई वर्ष अघि रामेछाप नगरपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका रामचन्द्र लामगादे लमजुङको मध्यनेपाल नगरपालिकामा सरुवा हुनुभएको हो ।

आईतबार(आज) रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत लामगादेलाई फेरि भेटौँला भन्दै विदाई गरेको हो । दुई वर्षभन्दा बढी समय प्रमुख प्रशासकिय अधिकृत भएर रामेछाप नगरपालिकाका नागरीकहरुको मन जितेर लामगादे विदाई हुनु भएको छ ।

सेवा प्रवाहमा उत्कृष्ट काम गर्न सफल भएको भन्दै लामगादेलाई रामेछाप नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले हार्दिक सम्मानका साथ आगामी कार्य सफलताको शुभकामना व्यक्त गरेका हुन । नगरपालिकामा सेवा प्रवाह र समन्वयको हिसाबले राम्रो काम गर्न सफल प्रशासकको रुपमा लामगादेलाई लिइन्छ । उहाँले रामेछाप नगरपालिकाको जिम्मेवारी सम्हाले यता नगरपालिकामा धेरै राम्रा कामहरु भएका छन ।

फेरि भेटौँला(बिदाई) कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत लामगादे (भिडियो) : 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार