“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता सुरु, १० टिम सहभागी

“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता सुरु, १० टिम सहभागी

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गरेको हो ।

आजेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । प्रतियोगितामा महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिमको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाउने छ ।

प्रतियोगितामा द्धितिय हुने समुहले नगद २० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजारको साथमा ट्रफी पाउने छ ।

प्रतियोगिताको उदाउँदो खेलाडीले नगद ३ हजारको साथमा ट्रफी,उत्कृष्ट किपरले नगद ३ हजारको साथमा ट्रफी र म्यान अफ दि म्याचलाई मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता रामेछाप नगरपालिका–८ टुँडिखेलमा संचालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार