रामेछापको सुनारपानीमा आजदेखी वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछापको सुनारपानीमा आजदेखी वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै छ । आजदेखी सुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुने वडा कार्यालयले जानकारी दिएको छ ।  बडा दशैँको अवसरमा आयोजना गरिएको प्रतियोगितामा पुरुष भलिबल खेल हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजारको साथमा शिल्ड,मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र,तृतीय हुनेले नगद १५ हजारको साथमा शिल्ड, मेडल र सान्त्वना हुनेले नगद १० हजारको साथमा मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार