रामेछापमा दसैको चहलपहल सुरु तर व्यापार सोचेजति नभएको व्यवसायीको गुनासो

रामेछापमा दसैको चहलपहल सुरु तर व्यापार सोचेजति नभएको व्यवसायीको गुनासो

रामेछापका बजार तथा गाउँघरमा दसैको चहलपहल सुरु भए पनि व्यापार खासै नभएको व्यवसायीहरूले बताएका छन् । विगतका दुई वर्ष कोरोना कहरले थलिएका व्यावसायी यसपाली बेलैमा दसैको किलमेल सुरु हुने अपेक्षामा थिए । तर यसपाली पनि खासै किनमेल र आर्थिक गतिविधी नहुने चिन्ताले रामेछाप बजारका व्यवसायी चिन्तित छन् ।

एकातिर दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ भने, अर्कोतिर कोरोनाकै कारण अर्थ व्यवस्था लयमा फर्कन सकेको छैन । रामेछापका मुख्य बजारहरू मन्थली,रामेछाप बजार,साँघुटार,धोबी,ठोसे,बाम्ती लगायतका व्यवसायीहरूले यसवर्ष पहिलाको जस्तो दशैँमा व्यापार व्यवसाय नचलेको बताएका छन् । पसलमा दशैँका लागि सामान हालेका व्यवसायी बिक्री नभएपछि निराश छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार