रामेछाप नगरपालिका–५ रामपुरमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

रामेछाप नगरपालिका–५ रामपुरमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

रामेछापको रामेछाप नगरपालिका ५ रामपुरले सामाजिक सुरक्षा भत्ता घरमा नै पुगेर वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि वडामा रहेको सहकारीसँगको सहकार्यमा घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारीसँग सहकार्य गरेर यहि असोज १२ गतेदेखी नागरीकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भैरहको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ” । “यसले उहाँहरुलाई सहज भएको छ।”

वडाका जेष्ठ नागरिक,अपाङगता भएकाहरु निकै कष्टका साथ बैँकमा गएर लाईनमा बसेर भत्ता लिनुपर्ने बाध्यतामा रहेका थिए । अब रामपुरका नागरीकहरुले घरमै भत्ता पाउने छन । नागरीहरुसँग चुनावमा गरेको बाचा अनुसार आफुले काम गरेकोे वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार