रामेछाप नगरपालिका–६ ओख्रेनीमा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रामेछाप नगरपालिका–६ ओख्रेनीमा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता विरतण गरेको छ । वडाले मंगलबार(हिजो)देखी घरघरमै गएर सामाजिक शुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो । दशैँतिहार चाडपर्व लक्षित गर्दै वडाले जेष्ठ नागरिक,अपाङ लगायत भत्ता पाउँदै आएका नागरीकहरुको सहजताका लागि घरघरमै सामाजिक सुुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको वडाअध्यक्ष राजेश तामाङले जानकारी दिनुभयो ।

वडाका जेष्ठ नागरिक,अपाङगता भएकाहरु निकै कष्टका साथ बैँकमा गएर लाईनमा बसेर भत्ता लिनुपर्ने बाध्यतामा रहेका थिए । ओख्रेनीका नागरीकहरुले अब अब घरघरमै भत्ता पाउने भएका छन । नागरीहरुसँग चुनावमा गरेको बाचा अनुसार आफुले पहिलो बाचा पुरा गरेको वडाअध्यक्ष तामाङले बताउनुभयो । वडामै रहेको नमुना बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर अबदेखी वडाका सबै सामाजिक सुरक्षा भत्ता पाउने नागरीकहरुको घरघरमै गएर भत्ता वितरण गरिने वडाअध्यक्ष तामाङले बताउनुभयो ।

वडा नं ७ सुकाजोरले केहि वर्ष अघि देखी सुरु गरेको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता विरतण अभियान अहिले नगरपालिकाका धेरै वडाहरुले संचालन गरिरहेका छन । वडा नं ५ रामपुरले पनि बुधबार(आज) देखी घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता विरतण गर्ने वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार