एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ चयन

नेकपा एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ चयन हुनुभएको छ । मन्थलीमा भएको आठौं जिल्ला अधिवेशनले श्रेष्ठलाई चयन गरेको हो । हिजो र आज मन्थलीमा भएको अधिवेशनमा तिन जनाले उम्मेदवारी दिएका थिए । आज बिहानसम्म चुनाव हुने तयारी भइरहेको थियो । अध्यक्षका दुइजना उम्मेदवार झम्क कँडेल र प्रेम तामाङले उम्मेदवारी फिर्ता लिए पछि श्रेष्ठ निर्विरोध चयन […]

नेपाली कांग्रेस सुनारपानी- काठमान्डौ सम्पर्क समिति गठन

नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गोपाल कार्कीको सभापतित्वमा २५ सदस्यीय सम्पर्क समिती गठन गरिएको हो । सम्पर्क समितिको उपाध्यक्षमाद्वय उपेन्द्र कार्की र गोपाल रोका, सचिवद्वयमा महेश कार्की र पुर्ण बहादुर श्रेष्ठ,सह- सचिवमा द्वय प्रकाश पहरी / कोमल कार्की र कोषाध्यक्षमा बिनय कार्की रहनुभएको छ । जन्मथलो सुनारपानी […]

बैंकको लाखौँ रुपैयाँ चोरी गर्ने रामेछापका एक यु्वक सहित ४ जना पक्राउ

बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार बैंकको नगद सङ्कलक काठमाण्डौको काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ परेका छन् । खत्रीले काठमाण्डौ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार […]

समाजसेवा जागृती महिला बचतको जम्मा कारोबार १ करोड २९ लाख बढी

समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जम्मा कारोबार १ करोड २९ लाख बढी रहेको संस्थाले १४ औँ वार्षिक साधारण सभाको अवसरमा जानकारी दिएको छ । रामेछाप नगरपालिका वडा नं ८ मा रहेको सो संस्था महिलाहरुले सन्चालन गरेको रामेछाप नगरपालिकाको एक मात्र सहकारी संस्था हो । संस्थाको शेयर पुँजि ३ लाख २ हजार […]

रामेछापको मन्थलीमा मेयरकप प्रतियोगिता सुरु

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालीकामा तेस्रो मन्थली मेयरकप पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्तनेतले प्रतियोगिताको उद्धघाटन गर्नुभएको छ । जिल्ला समन्वय समितिको मैदानमा सुरु भएको प्रतियोगीता अन्र्तगत आरम्भमा भएको पहिलो खेलमा मन्थली नगरपालीका वडा नं ४ सालुले वडानं २ टेकानपुर लाई २५: १५ र १३ : […]

रामेछाप सहित एमालेको ६१ जिल्लामा आज अधिवेशन हुँदै

नेकपा (एमाले) को ६१ जिल्लामा आज अधिवेशन हुँदैछ । केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार १६ जिल्लामा भने कतै मौसममा आएको खराबी त कतै तयारी नपुगेका कारण अधिवेशन केही दिन पर सारिएको छ । […]

एमाले रामेछापको अध्यक्षमा आनन्द र लवको उम्मेदवारी घोषणा

नेकपा एमाले रामेछापको अध्यक्षमा दुईजनाले उम्मेदवारी घोषणा गरेका छन । रामछापका एमाले नेता आनन्द श्रेष्ठ र लव श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका हुन । आनन्द कुमार श्रेष्ठ एमाले रामेछापका जिल्ला सचिव हुनुहुन्छ । यसअघि एमाले र माओवादीबीच एकता भएर बनेको तत्कालिन नेकपा भित्र आन्तरिक शक्ति संघर्ष चुलिएका बेला उहाँले अध्यक्ष भएर काम गर्नुभएको थियो । यस्तै […]

महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास कार्यक्रम

रामेछापको रामेछाप नगरपालिकाले नगरका सबै विद्यालयमा अध्यापन गराउने महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास सम्बन्धी १ दिने तालिम दिएको छ । स्थानिय तहका विभिन्न कानून तथा मनोसामाजिक परामर्श सम्बन्धि विभिन्न कुराहरुको बारेमा महिला शिक्षकहरुलाई तालिम दिएको रामेछाप नगरपालिकाका कानूनी सल्लाहका लोकहरी दाहालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले […]

अस्पताल विकास समितीको अध्यक्षबाट रोशन पाख्रिनको राजिनामा

जिल्ला अस्पताल विकास समितीको अध्यक्ष पदबाट रोशन पाख्रिनले राजिनामा दिनुभएको छ । आज जिल्ला अस्पताल रामेछापमा पत्रकार सम्मेलनको आयोजना गरी पाख्रिनले राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालय बाग्मति प्रदेश हेटौँडालाई राजिनामा स्वीकृत गर्न राजिनामा पत्र पठाउनुभएको छ । पाख्रिनले राजिनामा पत्रमा लेख्नुभएको छ, “३ वर्षको अवद्यिमा अस्पतालको विकास,विस्तार र नागरीकहरुमा गुणस्तरीय स्वास्थ्य सेवा […]

रामेछापबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन जना निर्वाचित

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित भएका छन् । नेकपा माओवादीको काठमाण्डौमा जारी ८ औँ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ, युवराज चौलागाईँ र लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ र चौलागाइँ खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन भने गुरुङ जनजाति महिला तर्फबाट सदस्यमा निर्वाचित हुनुभएको हो । सदस्यमा निर्वाचित श्रेष्ठ […]