रामेछापकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ

रामेछापकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ

रामेछापकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ परेका छन । रामेछाप नगरपालिका ७ घर भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । साउन ५ गते रामेछाप घर भएकी २३ वर्षीया युवतीले पोखरेलविरूद्ध बलात्कारको उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार