सिन्धुलीमा टाटा सुमोले ठक्कर दिँदा रामेछापका मोटरसाईकल चालक बर्देवाको मृत्यु

सिन्धुलीमा मोटसाइकललाई टाटा सुमोले ठक्कर दिदाँ रामेछापका एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेको समयमा विपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका १ दुम्जामा रामेछापबाट काठमाडौँ जादै गरेको मोटसाइकललाई विपरित दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालकको मुत्यृ भएको हो । काठमाडौँ तर्फ जादै गरेको बागमती ०२०३०प ८६५६ नम्बरको मोटसाइकललाई काठमाडौँबाट सिन्धुली […]

जिल्ला अस्पताल रामेछापको गुरुयोजना बनाईने,गुरुयोजना अनुसार अस्पतालको विकास गरिने

जिल्ला अस्पताल रामेछापलाई अब गुरुयोजना अनुसार विकास गरिने भएको छ । ५ वर्षे गुरुयोजना बनाएर अस्पतालको विकास गर्न लागिएको अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । अस्पतालको गुरुयोजना नबन्दा बजेट,जनशक्ति व्यवस्थापन,विशेषज्ञ चिकित्सक सहितको उपचारमा समस्या भएको अध्यक्ष पाख्रिनले बताउनुभयो । गुरुयोजना अनुसार विकास गर्दा सेवा ब्यवस्थापनमा सहज हुने अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.पवन शाक्यले […]

सुकाजोरका मिर्गौला पीडित मगरलाई नगद १ लाख १३ हजार सहयोग

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका मिर्गौला पीडित ढाल ब मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सुकाजोरका सन्जिव मगरको पहलमा कतारमा रहेका सुकाजोरकै उद्धव मगर र निर ब सिन्जाली मगरको सक्रियतामा त्यहाँ कार्यरत नेपाली कामदारहरुबाट उठाइएको सहयोग रकम आज पीडित मगरको परिवारलाई हस्तान्तरण गरिएको हो । नगद १ लाख १३ हजार रुपैयाँ […]

रामपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर चारघरेमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आप्mनो स्थापनाको २४ ओैँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टेक ब श्रेष्ठको अध्यक्षतामा शनिबार एक कार्यक्रमकाविच २४ ओैँ वार्षिक साधारण सभा तथा ८ ओैँ अधिबेशन सम्पन्न भएको हो । उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रगती […]

बालमन्दिर विद्यालयका ९० जना विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा रहेको श्री बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीले जाडोमा लगाउने न्यानो कपडा पाएका छन । जर्मन रोटरी क्लबका डाक्टर कालुज प्रिन्जले विद्यालयका ९० जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गर्नुभएको विद्यालयका शिक्षक शंकरलाल श्रेष्ठले जानकारी दिनुभयो । शिशुदेखी कक्षा ५ सम्म अध्यनरत सबै विद्यार्थीलाई यो जाडोमा लगाउने स्वीटर र […]

सबै एकजुट भएर लाग्न सके मात्रै लैगिंक हिंसा अन्त्य हुन्छ : प्रशासकिय अधिकृत लामगादे

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले लैगिंक हिंसा अन्त्य गर्न सबैजना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । रामेछाप नगरपालिकाले आयोजना गरेको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा बोल्दै उहाँले नेपालमा कानुनी र नितीगत व्यवस्था हुँदाहुँदै पनि लैगिंक हिंसा बढ्दै गएको भन्दै यसको अन्त्यका लागी सबै आ–आफनो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । स्थानिय तहहरुले विभिन्न […]

फोनिज रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्बाचित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्बाचित हुनुभएको छ । रामेछापको मन्थलीमा आज सम्पन्न फोनिजको चौथो जिल्ला अधिबेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्बाचित गरेको हो । यसैगरी उपाध्यक्षमा निरोज श्रेष्ठ, सचिवमा शान्ता श्रेष्ठ, सह–सचिवमा दिपक लामा र कोषाध्यक्षमा सम्बर बहादुर हायु चयन भएका छन । सदस्यहरुमा : रमेश तामाङ, रीता मगर, स्वतन्त्र […]

रामेछाप नगरपालिकाले बढायो विद्यालय कर्मचारी र बाल विकास शिक्षकको तलब

रामेछापको रामेछाप नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई न्युनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ । रामेछाप नगरपालिकाले अव पालिका भित्रका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) तथा विद्यालय कर्मचारी (परिचर) लाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लेखापाललाई मासिक १८ हजार रुपैँया (तलब भत्ता) उपलब्ध गराउनेछ। […]

सिप सिकेर दक्ष बन्नुहोस थप सहयोग चाहिए स्थानिय तह छ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले सिप सिकेर दक्ष बन्न युवाहरुलाई आग्रह गर्नुभएको छ । हजुरको रेडियोले आयोजना गरेको रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले युवाहरु सिप सिकेर दक्ष बनेको खण्डमा मात्रै सम्वृद्ध नगरपालिका बन्नमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । विगतका केही वर्षदेखी नै हजुरको रेडियोले जिल्लामा पत्रकार उत्पादन […]

जिल्ला अस्पताल रामेछापको सेवा नयाँ भवनबाट सुरु

जिल्ला अस्पताल रामेछापले आफनो सेवा नयाँ भवनबाट सुरु गरेको छ । २०७२ को भुकम्पमा अस्पतालको पुराना भवनहरुमा क्षति पुगेको थियो । भुकम्पपछि जर्मन सरकारको सहयोगमा २७ करोड लागतमा बनेको नयाँ सुविधा सम्पन्न भवनबाट सम्पुर्ण सेवाहरु सुचारु गरिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । २ वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनमा अत्यावश्यक […]