रामेछाप गोल्डकप फुटबल प्रतियोगिता सुरु,नगरप्रमुखद्धारा उद्धघाटन

वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ आजदेखी सुरु भएको छ । प्रतियोगिताको रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरुले खेल खेल्ने क्रममा कुनै चोटपटक लागे वा घाईते भईहालेमा त्यसको उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयो । रामेछाप नगरपालिका वडा नं ७ मा रहेको […]

रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । आजको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा आज अलि […]

आज ६६ औँ प्रहरी दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाईयो

आज ६६ औँ प्रहरी दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईएकोे छ । रामेछाप प्रहरीले आज विहान जिल्ला प्रहरी कार्यालय परिसरमा मृत्यु भएका अमर प्रहरीहरु प्रति श्रद्वाञ्जली अर्पण गरेको छ । प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान पनि गरेको जानकारी दिएको छ । केहि दिनदेखी रामेछाप प्रहरीले दिवसका अवसरमा एक प्रहरी एक वृक्ष अभियान नै […]

रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने भएका छन् । रामेछाप नगरपालिकाले एक सूचना जारी गर्दै कोभिडका कारण लामो समय पठनपाठन हुन नसकेको र बल्ल सामान्य रुपमा पढाई सुरु भएकाले लामो बिदा नदिन विद्यालयहरुलाई अनुरोध गरेको हो । नगरपालिकाले घटस्थापना अर्थात् असोज २१ गतेबाट नभई फुलपाती अर्थात् असोज २६ गतेदेखि दशैँको टिकाको […]

रामेछाप कांग्रेसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित

नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन । यी हुन २५ जना निर्वाचित नेताहरु :  खुल्ला तर्फ अर्जुनकुमार के.सी. भारत प्रसाद चौलागाईं रामचन्द्र खड्का ध्रुवहरी ढुंगेल युवराज भट्टराई रत्नबहादुर कार्की रत्नहरी ढुंगेल झपडराज भण्डारी आङटावा शेर्पा वीरबहादुर तामाङ […]

बडादशैँको अवसरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भलिबल प्रतियोगिता हुने

बडा दशैँ तथा दिपावलीको अवसरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकामा पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । यहि असोज २३ गतेदेखी २५ गतेसम्म प्रतियोगीता आयोजना गर्न लागिएको आयाजकले जानकारी दिएको छ । ३ दिनसम्म सन्चालन हुने प्रतियोगीताको आयोजना लिखु मुनाल युवा क्लवले गरेको हो । खुल्ला न.पा. तथा गा.पा. वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता अरुणोदय मा.वि. […]

सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । बागमती प्रदेशकी प्रदेशसभा सदस्य रिता माझीको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीले कुनै पनि हालतमा सुनकोसी–२ आयोजना निर्माणको काम अघि नबढाउन माग गरेको छ । माझी समुदायले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आयोजना निर्माण हुँदा माझी समुदायलाई पर्ने […]

दशैँ नजिकिएसँगै मन्थलीमा भिडभाड, फेरी तपाईको मास्क खै ? अभियान सुरु

यस वर्षको वडा दशैँ नजिकिएसँगै रामेछाप सदरमुकाम मन्थलीमा भिडभाड बढेको छ । केहि मानिसहरु मास्क नलगाई पनि हिडेका छन । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरी रामेछाप प्रशासन र प्रहरीले “तपाईको मास्क खै ” अभियान सुरु गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज […]

नेपाली कांग्रेस रामेछापलाई एक बनाएर लैजान्छु : सभापति कान्छाराम

नेपाली कांग्रेस रामेछापका नव निर्वाचित सभापति पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले रामेछापमा नेपाली कांग्रेसलाई एक बनाएर लैजाने बताउनुभयो । जिल्ला सभापतिमा निर्वाचित भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई दिने क्रममा बोल्दै उहाँले जिल्लामा गुट,उपगुटको अन्त्य गरेर सबैसँग समन्वय,सहकार्य र एकताको साथ काम गर्ने बताउनुभयो । जिल्लामा समाजसेवाबाट नाम कमाउने सफल व्यक्तिका रुपमा कान्छाराम तामाङलाई लिइन्छ […]

नेपाली कांग्रेस रामेछापको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन अन्तर्गत जिल्ला सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित हुनुभएको छ । जिल्ला सभापतिका लागी भएको मतदानमा सभापतिका अन्य प्रतिस्पर्धीहरु लवश्री न्यौपाने र कृष्ण महतमध्ये कान्छारामले बढी मत प्राप्त गर्नुभएको थियो । उहाँले ५० प्रतिशत कटाउन थोरै मात्र मत नपुगेपछि पुनः निर्वाचन हुने तयारी भइरहेका बेला सहमति निर्माण भएसँगै पुनः […]