निषेधाज्ञा खुकुलो भएसँगै रामेछापमा कोरोना संक्रमण बढ्यो,आज ४६ जना संक्रमित थपिए

रामेछापमा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थालेको छ । रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ८ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा १० जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै आज मन्थली नगरपालिकाका १४ जनामा पिसिआरबाट कोरोना संक्रमण पुष्टि भएको […]

रामेछापमा आजदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईदै

रामेछापमा आजदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा साउने १० गतेदेखि १५ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप […]

रामेछाप भंगेरी र बाबियाखर्कका ३ सयभन्दा बढि घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई बुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]

रामेछापमा आज १९ जना कोरोना संक्रमित थपिए,३२ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १२ जना,रामेछाप नगरपालिकामा ५ जना र सुनापती गाउँपालिकामा २ जना गरी १९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ८ जना पुगेको छ । आज जिल्लामा ३२ जनाले कोरोनालाई जितेका छन […]

रामेछापमा भोलिदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईने

रामेछापमा साउन १० गते अर्थात भोलिदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईने भएको छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा साउने १० गतेदेखि १५ […]

नेकपा माओवादी केन्द्र रामेछापद्धारा आफ्ना कार्यकर्ता नेवारलाई निलम्बन

नेकपा माओवादी केन्द्र रामेछापले आफ्ना कार्यकर्ता रत्न नेवारलाई निलम्बन गरेको छ । नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटि सचिवालय सदस्य समेत रहेका नेवार रामेछाप नगरपालिका वडा नं ४ स्थित रेणुका देवी मावि हिमगंगाको ब्यवस्थापन समितिको नेतृत्वमा रहदा देखि बिभिन्न कालखण्डमा बिभिन्न शिर्षकमा उक्त विद्यालयमा गएको रकमको हिनामिनाको विषयमा उनको नाम जोडिएपछि उनलाई पार्टिले निलम्बन गरेको […]

रामेछापबाट एक बलात्कारी ६ वर्षपछि पक्राउ

जिल्ला प्रहरीे कार्यालय रामेछापले एक महिलालाई बलात्कार गरेर फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक साविक ठूलो धादिङ–९ र हाल लिसङ्खुखपाखर गाउँपालिका १ का २७ बर्षिय टसी विकलाई आज प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालतले २०७२ मंसिर ६ गते बिकलाई १० बर्ष कैदको सजाय सुनाएको थियो । ६ बर्षदेखि फरार रहदै आएका […]

रामेछापमा २७ जना कोरोना संक्रमित थपिए,२१ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १९ जना,रामेछाप नगरपालिकामा २ जना र दोरम्बा गाउँपालिकामा ६ जना गरी २७ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ सय ८३ जना पुगेको छ । आज जिल्लामा २१ जनाले कोरोनालाई जितेका छन […]

पुष्पलालको जन्मथलो भंगेरीमा माओवादि केन्द्र र एमाले नेपाल पक्षको संयुक्त माल्यार्पण

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा माओवादि केन्द्र रामेछाप नगर कमिटि र नेकपा एमाले माधव नेपाल पक्षले संयुक्त रुपमा रामेछापको भँगेरीमा श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ । नेकपा एमाले ओलि पक्षका नेता तथा कार्यकर्ताहरुले भने छुट्टै एक कार्यक्रमको आयोजना गरी पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका हुन । […]

पुष्पलाल स्मृति दिवसको अवसरमा भँगेरीमा एमालेद्धारा श्रद्धान्जली तथा माल्यार्पण

रामेछापको भँगेरीमा नेकपा एमाले रामेछापले श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला तथा रामेछाप नगर संगठन कमिटिले पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्दै श्रद्धान्जली अर्पण गरेको हो । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलको प्रमुख आतिथ्यतामा आयोजना गरीएको कार्यक्रममा नेकपा एमाले […]