रामेछापमा सानीमदौ सामुदायिक वन र शाखा भित्ता (क) कबुलियत वन उत्कृष्ट

रामेछापमा सानीमदौ सामुदायिक वन र शाखा भित्ता (क) कबुलियत वन उत्कृष्ट

डिभिजन वन कार्यालय रामेछापले जिल्लाका उत्कृष्ट सामुदायिक र कबुलियत वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७९/८० मा अनुगम र मुल्यांकनको आधारमा एउटा सामुदायिक र एउटा कबुलियत वनलाइ उत्कृष्ट छनोट गर्दै पुरस्कृत गरेको हो ।

मन्थली नगरपालिका १ मा रहेको सानीमदौ सामुदायिक वन र रामेछाप नगरपालिका ७ मा रहेको शाखा भित्ता (क) कबुलियत वन समुह उत्कृष्ट भएका हुन । मंगलबार(आज) डिभिजन वन कार्यालय रामेछापले एक कार्यक्रमको आयोजना गरी दुईवटै वन समुहका पदाधिकारीलाई नगद सहित सम्मान पत्र प्रदान गरेको हो ।

सानीमदौ सामुदायिक वन समुहलाई नगद ३९ हजार ५ सय र शाखा भित्ता (क) कबुलियत वन समुहलाई नगद ९ हजार ५ सय सहित सम्मान पत्र प्रदान गरिएको हो । वन संरक्षण, संवद्र्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्याङ्कन गरी उत्कृष्ट वन समूह छनोट गरिएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओमसागर भण्डारीले बताउनुभयो ।

उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रामेछाप महासंघका अध्यक्ष ज्ञान बहादुर खडका र कबुलियत वन समुह रामेछापका अध्यक्ष रमेश हायुले वन र वातावरण संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । रामेछाप जिल्लामा ४ सय २६ सामुदायिक वन र २ सय ५१ कबुलियत वन रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार