रामेछापमा राष्ट्रिय फोटो पत्रकार समूह गठन

रामेछापमा राष्ट्रिय फोटो पत्रकार समूह गठन

रामेछापमा राष्ट्रिय फोटो पत्रकार समूह गठन गरिएको छ । शनिवार(आज) मन्थलीमा भएको प्रथम जिल्ला भेलाले ११ सदस्यि कार्यसमिति गठन गरेको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठको आतिथ्यतामा भएको प्रथम जिल्ला भेलाले ११ सदस्यि कार्यसमिति बनाएको हो ।

उक्त भेलाले अध्यक्षमा मिलन विकलाई चयन गरेको छ । समूहको उपाध्यक्षमा शर्मिला विशुङ्के, सचिवमा राजन महतारा, सह–सचिवमा राज कुमार श्रेष्ठ र कोषाध्यक्षमा डोरशङ्कर बरुवाल चयन हुनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा शम्बरबहादुर हायु(प्रशान्त), सिर्जना रोक्का, प्रवीण बयलकोटी, सिर्जना रसाइली, विनीता बुढाथोकीलाई चयन हुनुभएको छ । २०५३ सालमा स्थापना भएको राष्ट्रिय फोटो पत्रकार समूहले पछिल्लो समय विभिन्न जिल्लाहरुमा समेत समिति गठनलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार