रामेछाप सुकाजोर हिलेपानीमा मोटरसाइकल दुर्घटना,चालक गम्भीर घाइते

रामेछाप सुकाजोर हिलेपानीमा मोटरसाइकल दुर्घटना,चालक गम्भीर घाइते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर हिलेपानीमा मोटरसाइकल दुर्घटना भएको छ । आज(सोमबार) अन्दाजी दिउँसो ४:४५ बजेको समयमा भएको मोटरसाइकल दुर्घटनामा चालक गम्भीर घाइते भएका छ्न ।

प्रदेश ३ ०२-००२ प ९८७८ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल वडा कार्यालय नजिकै दुर्घटना भएको हो । उत्त दुर्घटनामा वडा नं ७ थुम्का घर भएका वर्ष २८ का ईन्द्र बहादुर तामाङ गम्भीर घाइते भएका छ्न । घाइते तामाङको टाउको र पेटमा गहिरो चोट लागेको छ ।

घाइतेलाई थप उपचारको लागि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार