रामेछापको सुकाजोरमा बन्यो सुविधा सम्पन्न कबर्ड हल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालय नजिकै सुविधा सम्पन्न कबर्ड हल बनेको छ । करिब साढे चार करोडको लागतमा सुविधा सम्पन्न कबर्ड हल निर्माण सम्पन्न भएको हो । १ सय ९ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कवर्ड हल भित्र भलिबल मैदान,जिम कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने […]

रामेछाप जिल्लामै गोकुलगंगाबाट सुरु भयो भूमिहीन र अव्यवस्थित बसोबासीका लागि जग्गाको निस्सा वितरण

रामेछाप जिल्लामा पहिलो पटक गोकुलगंंगा गाउँपालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको निस्सा वितरण सुरु भएको छ । गोकुलगंंगा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाका अनुसार गाउँपालिकाबाट राष्ट्रिय भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि निवेदन फारम दर्ताको निस्सा वितरण तथा जग्गा नापजाँच कार्य प्रारम्भ भएको हो । राष्ट्रिय […]

रामेछापका स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब बढी बजेट पाउँदै

रामेछापको स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब  भन्दा बढी रकम पाउने भएका छन् । जिल्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगततर्फगरी तीन अर्ब २८ करोड ३१ लाख रकम प्राप्त गर्ने भएका हुन् । जसअनुसार चालुतर्फ दुई अर्ब ९९ करोड ११ लाख रकम विनियोजन भएको छ भने पूँजीगततर्फ २६ करोड ४ […]

रामेछाप कारागारका ५ जना कैदीको सजाय मिनाहा

कारागार कार्यालय रामेछापबाट ५ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये रामेछाप कारागारमा रहेका ५ जना पनि कारागार मुक्त भएका हुन् । मिनाहा पाएर मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका मन्थली नगरपालिका ९ का नवराज भनिने सन्जय तामाङ,उदयपुरका कैला भनिने परमेश्वर सदा,रामेछापको दोरम्बा शैलुङ […]

लिखु २ को सुरुङमा पानी वन्द गर्न विद्युत विकास विभागको निर्देशन

रामेछापको लिखु नदीमा निर्माणाधिन लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएर बस्ती जोखिममा परेपछि विद्युत विकास विभागले परिक्षणका लागि सुरुङमा पठाइएको पानी तत्काल लाई वन्द गर्न निर्देशन दिएको छ । आईतबार विभागका महानिर्देशक चिरञ्जिवि चटौतले जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी ग्लोबल हाईड्रोपावर एशोसियत लिमिटेडलाई पत्राचार गरी उक्त निर्देशन दिएका हुन् । आईतबारनै जिल्ला प्रशासन कार्यालय रामेछापले गृहसचिवलाई […]

रामेछाप ओख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ आख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ परेका छन । ओख्रेनीकी एक ३ वर्षिय बालिका बलात्कारको आरोपमा १४ वर्षका बालकलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं ५ रामपुरका बालकले मामा घर ओख्रेनी आएको बेला बालिकालाई बलात्कार गरेको बताइएको छ । शनिबार बिहान बालिका बलात्कृत भएको प्रहरीमा उजुरी परे […]

सुरुङबाट चुहिएको पानी नरोकेपछि गुम्देलका स्थानियद्धारा तालाबन्दी

लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएको १५ दिन बितिसक्दा पनि पानी नरोकिएपछि प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले सुरुङभन्दा तलको बसोवास गर्ने ४२ परिवारलाई अन्यत्र सार्नुपर्ने माग राखेका छन् । रामेछापको उमाकुण्ड १ गुम्देलको पेकरनासका बासिन्दाको भनाइ जस्तै लिखु २ आयोजनाले सुरुङमा पानी हालेपछि उक्त टोलमा जताततैबाट पानीको मूल फुटेको छ […]

जिल्ला प्रशासन कार्यालय रामेछापमा मिटरब्याजी विरुद्ध एउटा मात्रै उजुरी

जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याज पीडितहरूको उजुरी सङ्कलन गरिरहेको छ । कार्यालयको सहायता कक्षमा शुक्रबार (आज)सम्म एउटा मात्रै लिखित उजुरी परेको छ । अनुचित लेनदेन मिटरव्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ को निर्णयअनुसार पीडितहरूसँग भएका कागजातका प्रमाणहरूसहित जिल्ला प्रशासन कार्यालयले यहि जेठ १४ गते आइतवारसम्म लिखित उजुरी दिन आव्हान गरेको छ । तर जिल्ला प्रशासन कार्यालय […]

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा तर छलफल भने प्रभावकारी भएन

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा रहे पनि छलफल राम्रोसँग हुन सकेको छैन । स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार अघि बढ्दा हिजोआज पालिकाहरूलाई वडाको बजेट सीमा भित्रका र अन्य महत्वपूर्ण आयोजनालाई प्राथमिकता निर्धारण गर्न भ्याइनभ्याइ हुनुपर्ने भए पनि रामेछापका अधिकांस स्थानीय सरकार योजना सम्झौता, पेस्की र भुक्तानीमै व्यस्त बनिरहेका […]

रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायी पलायन

रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायीहरु पलायन हुन थालेका छन् । बजार क्षेत्र विस्तारमा स्थानीय सरकारले ध्यान नदिएका कारण व्यवसायबाट पलायन हुनु पर्ने अबस्था आएको व्यापारीहरु बताउँछन् । बजार क्षेत्र साँघुरो हुँदा ग्राहकको उपस्थिति घटेको एक दशकदेखि व्यवसाय गर्दै आएका नविन मगर बताउनुहुन्छ । नगरपालिकाले बजार विकास र विस्तारको काम गर्न नसक्दा ग्राहक घटेको अर्का […]