रामेछाप नगरपालिकाले १ वर्षमा उठायो १ करोड बढी राजश्व

रामेछाप नगरपालिकाले १ वर्षमा उठायो १ करोड बढी राजश्व

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९ साउन १ गतेदखी आ.ब. २०८० को असार मसान्तसम्म १ करोड बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले १ वर्षको अबद्यिमा १ करोड ९ लाख ३० हजार ३ सय ८ रुपैयाँ राजश्व संकलन गरेको हो ।

नगरपालिका कार्यालय तथा ९ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन भएको नगरपालिका राजश्व,उद्योग तथा सहकारी शाखा प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले आ.ब.०७९/०८० मा १ करोड ८ लाख ८० हजार राजश्व असुली गर्ने भनि लक्ष्य तोकिएकोमा सवै वडा कार्यालय र नगरपालिका कार्यालयबाट समेत १ करोड ९ लाख ३० हजार ३ सय ८ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको उहाँले बताउनुभयो । आ.ब.०७९/०८०मा तोकिएको लक्ष्य भन्दा ५० हजार ३ सय वढि राजश्व संकलन भएको छ ।

नगरपालिकाले १ करोड ९ लाख ३० हजार ३ सय ८ रुपैयाँ राजश्व संकलन गर्दा ९ वटा वडाहरुमध्ये सबैभन्दा बढी राजश्व संकलन वडा नं ७ ले गरेको छ भने सबैभन्दा कम राजश्व वडा नं ९ ले संकलन गरेको छ ।

वडा नं ७ ले ६ लाख ६१ हजार २ सय ३ रुपैया राजश्व संकलन संकलन गर्दा वडा नं ९ ले २ लाख ८५ हजार ६ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको हो । वडा नं १ ले २ लाख ९१ हजार ४ सय ७१ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं २ ले ४ लाख २५ हजार ५ सय ९२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

वडा नं ३ ले ४ लाख ४१ हजार ६ सय ९ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं ४ ले ४ लाख ३६ हजार २ सय ६६ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नं ५ ले ३ लाख ३२ हजार १ सय ६८ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं ६ ले ३ लाख ११ हजार १ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसैगरी वडा नं ८ ले ३ लाख २४ हजार ३ सय ६२ रुपैयाँ राजश्व संकलन गरेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिका कार्यालयले विभिन्न शिर्षकमा ७४ लाख २० हजार ७ सय ८० रुपैँया राजश्व संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार