रामेछाप ठोसे बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

रामेछाप ठोसे बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

रामेछाप ठोसे बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका –२ ठोसेबजारमा यहि साउन ६ गते जिरीबाट ठोसे तर्फ सिमेन्ट लिएर आउदै गरेको ग २ ख ०१८७ नम्बरको टिपरले सोही दिसा तर्फ जादै गरेको बा.प्र.०२–०२१ प ०२२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट मोटरसाकल चालक दोलखा जिरी न.पा.–८ बस्ने बर्ष २८ का मिलन खत्रीको ज्यान गएको हो । दुर्घटनामा घाईते भएका खत्रीलाई थप उपचारको लागी काठमाण्डौ लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । मोटरसाईकल पछाडी बसेका बर्ष –२९ की कल्याणी जिरेल घाईते हुनुभएको छ ।

उहाँको अवस्था सामान्य रहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । टिपर चालक पुर्व नवलपरासी घर भएका बर्ष – ३५ का राजेश खनाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार