रामेछापमा एक वर्षमा ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाए

रामेछापमा एक वर्षमा ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाए

रामेछापमा एक वर्षमा ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार २०७९ साउन १ गतेदेखी २०८० साउन ७ गतेसम्म जिल्लाभर ३० वटा सवारी दुर्घटना भएको हो । यि ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका हुन ।

९४ जना सवारी दुर्घटनामा परी घाईते भएका छन । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आ/व २०७९/८० मा सवारी दुर्घटनामा भने केही कमी आएको छ । आ/व २०७८/७९ मा ३३ वटा सवारी दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए भने ९८ जना घाइते भएका थिए ।

पछिल्लो समय सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको संख्या पनि घट्दै जान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सहायक निरीक्षक दिपक चौँलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारवाहीको प्रक्रिया अघि बढाएसँंगै दुर्घटना पनि केही कम हुँदै गएको हो ।

पछिल्लो केही वर्ष यताको तथ्याङ्कलाई हेर्ने हो भने रामेछापमा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ । दुर्घटनाका मुख्य कारणहरुमा ट्राफिक नियम उल्लंघन, मादकपदार्थ सेवन गरी सवारी चलाउने,तीव्र गतिले चलाउने,यान्त्रिक गडवडी,सडकको अवस्था लगायत रहेको उहाँले बताउनुभयो ।

चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि नहुने हो भने सवारी दुर्घटना न्यूनीकरण हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख चौँलागाईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार