नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुद्धारा बहिस्कार

सोमबार सित्खा बजारमा बसेको नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुले बहिस्कार गरेका छन् । जिल्ला सभापति कान्छाराम तामाङ्गको ब्यवहार प्रति असंतुष्ट बनेको सदस्यहरुले बैठक चलिरहेको बेला पार्टि सचिव दीपक खड्काको नेतृत्वमा बैठक बहिस्कार गरेका हुन् । सचिव खड्का संगै समितिका बहुमत सदस्यहरुले पार्टि सचिब दीपक खड्काको लाईनलाई समर्थन गर्दे बैटकबाट बाहिरिएका थिए । बैठक बहिस्कार […]

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको छ । सोमबार (आज) ओखलढुंगाको लिखु गाउँपालिका वडा नं १ गैरीगाउँकी २० वर्षिया गर्भवती रिता कार्कीको सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको छ । अस्पतालका डा. मनोज कुमार यादव,डा सरिता ढकाल,एनेस्थेसिया असिष्टेन्ट सन्दिप कुमार यादव,नर्सहरु बन्दना कुमारी ठाकुर,अस्मिता कार्की सहितको टिमले कार्कीको सफल शल्यक्रिया सम्पन्न गरेको […]

ढुंगा खानीमा ढिस्को खस्दा रामेछाप दोरम्बा शैलुङका टिपर चालकको मृत्यु

काभ्रेको बनेपा–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्सको खानीमा ढिस्को खस्दा च्यापिएर रामेछापका एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो टिपर, मिनीट्रकमा ढुंगा लोड गर्ने क्रममा एक्कासी खसेको ढिस्कोले ती साधन पुर्दा च्यापिएर रामेछाप दोरम्बा शैलुङका अन्दाजी ३२ वर्षीय श्याम मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । एक्कासी ढिस्को […]

रामेछापको खाँडादेवी गाउँपालिका प्रविधिमैत्री, टोलटोलमा पुग्यो इन्टरनेट सेवा

रामेछापको खाँडादेवी गाउँपालिकाले वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा दुई वर्षको लागि निःशुल्क फाइबर इन्टरनेट सेवा सञ्चालन ल्याएको छ । योसँगै अब गाउँपालिका पूर्ण रुपमा इन्टरनेटको पहुँचमा जोडिएको छ । पालिकाले सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा इन्टरनेट सेवाको सुरुवात गरेको हो । पालिका अन्तर्गत रहेका ८० वटा विद्यालय, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा […]

मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा छु : नगर प्रमुख बस्नेत

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना रहेको बताउनुभयो । मन्थलीमा सञ्चालित समता स्कुलको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले बिद्यमान महंगो शिक्षा प्रणालीलाई न्यूनिकरण गर्दै सरल र गुणस्तरीय शिक्षामा आफुले जोड दिइरहेको समेत बताउनुभयो । नगरप्रमुख बस्नेतले चैत्र मसान्त सम्ममा दुई पक्षिय […]

मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको मन्थली नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजोदेखी सुरु भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख बस्नेतले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो । यो […]

तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

रामेछापको सुनापति गाउँपालिकामा तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँस्तरमा रहेको खेलाडीहरुको पहिचान र खेलाडीहरुको क्षमता विकासको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । प्रतियोगिता आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म सन्चालन हुने अध्यक्ष लामाले बताउनुभयो । प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता […]

तामाकोसी नदीमा फेला परेको शवको पहिचान खुल्यो

तामाकोसी नदीमा हिजो फेला परेको महिलाको शवको पहिचान खुलेको छ । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ की वर्ष ३८ की निमा डोल्मा तामाङ रहेको रामेछाप प्रहरीले जनाएको छ । मृतकका दाई निर ब तामाङले आज प्रहरी कार्यालयमा आएर शव बुझेका छन । पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका […]

एक हप्तादेखी बेपत्ता दिपेश मानन्धर भेटिए

एक हप्तादेखी बेपत्ता भएका रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धर फेला परेका छन । बुधवार साँझ मानन्धर मन्थलीको भैशेश्वर चोकमा भेटिएका हुन । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् । घरवाट उपचारको लागि जान्छु भनेर हिडेका दिपेश […]

तामाकोसी नदीमा एक महिलाको शव फेला

तामाकोसी नदीमा एक महिलाको शव फेला परेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं २ एक्लेबर स्थित तामाकोसी नदीको बिच भागमा पानीको दहमा महिलाको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । नाम,ठेगाना नखुलेको अन्दाजी वर्ष ४०÷४५ की महिलाको शब आज दिउँसो फेला परेको हो । मृतको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।