रामेछापको धोवीमा नेपाली काँग्रेसको शुभकामना आदन प्रदान कार्यक्रम

रामेछापको धोवीमा नेपाली काँग्रेसको शुभकामना आदन प्रदान कार्यक्रम

नेपाली काँग्रेस रामेछाप लिखुतामाकोशी गाउँपालिकाले गाउँपालिकाको केन्द्र धावी बजारमा बुधबार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशै तिहार तथा छठको उपलक्ष्यमा नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका धोबीमा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापती भोजराज खड्का ( सुन्दर)को अध्यक्षतामा शुभकामना आदनप्रदान कार्यक्रम भएको थियो । कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताको समेत सहभागीता रहेको थियो ।

शुभकामना आदन प्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशब महतले दशै तिहार लगाएत छठ पर्वको शुभकामना दिँदै चाड पर्वलाई धेरै भड्किलो नबनाउन आम नागरिक हरुलाई आग्रह गर्नुभयो। महतले चाड पर्व मनाउने नाममा धेरै खर्च गर्ने प्रचलन बढेको भन्दै चाड पर्वलाई भड्कीलो नगरी आफ्नो क्षमता अनुसार मात्र मनाउन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि एवं नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) का सभापती निरोज खड्काले नेपाल मात्र नभएर बिश्व आर्थिक संकट तर्फ अघि वढेको भन्दै चार्ड पर्वलाई भड्किलो बनाउने,अरुको देखासिकी गर्ने भन्दा पनी समान्य तरिकाले मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख दीपा पाख्रिन, नेकपा एमाले, नेकपा माओवादी, समाजवादी लगाएत विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधि र नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्ने सहभागीहरुले शुभकामना दिँदै गाउँपालिकाको केन्द्र धोवी बजारलाई केन्द्र बिन्दु बनाएर राख्न पर्ने बताएका थिए । लिखुतामाकोशी गाउँपालिकाको पहिचान धोबी बजार भएको भन्दै उनीहरुले धोबीबजारको पहिचान गुम्ने गरी गाउँपालिकाको भवन अन्यत्र निर्माण गर्न नहुने बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार