रामेछापमा दसैँ नजिकिएसँगै बजारमा महङ्गी बढ्यो,उपभोक्ता मारमा

रामेछापमा दसैँ नजिकिएसँगै बजारमा महङ्गी बढ्यो,उपभोक्ता मारमा

रामेछापमा दसैँ नजिकिएसँगै महङ्गी बढेको उपभोक्ताहरुले गुनासो गरेका छन । अहिले रामेछापको बजार क्षेत्रहरुमा दसैँ नजिकिएसँगै किनमेल गर्नेहरु बढेका छन । बजारमा उपभोक्ताको चहलपहल बढेसँगै व्यापारीले सामानको मूल्य बढाउने गरेको नागरीकहरुको गुनासो छ । रामेछाप नगरपालिका ७ की उर्मिला कार्कीले बजारमा चामल,चिनी,तेल सहित लत्ता कपडाको भाउ पनि ह्वात्तै बढेको बताउनुभयो ।

लिखुतामाकोशी गाउँपालिका ४ का श्रीराजाचन्द्र महतले पनि यो चाडपर्वको समयमा महंगीले आकाश छोएको बताउनुभयो । उहाँले भन्नुभयो,बजारमा खाधान्न मात्र नभएर खसी,कपडा र घर सजावटका सबै समानहरुको मुल्य बढेको छ ।रामेछाप सदरमुकाम मन्थली सहित रामेछाप बजार,साँघुटार बजार,ठोसे बजार,धोवी बजार लगायतका सबै बजारहरुमा सामान किन्नेहरूको घुँईचो लाग्न थालेको छ ।

उपभोक्ताहरूले यस पटक पनि सँधै जस्तै दसैँको मौका छोपेर ब्यापारीले सामानको मूल्य बढाएको बताएको छन् । स्थानीय तहले भने स्थानीय प्रशासनसँग समन्वय गरेर बजार अनुगमन थालिएकाले मूल्य बढ्न नदिने दाबी गरेका छन् । बजार अनुगमन गर्दा मिति सकिएका सामान बेचेको, मूल्यसूची नराखेको, धेरै मूल्य लिएर बेचेको पाइए कारबाही गर्ने रामेछाप नगरपालिकाले जनाएको छ ।

मुख्यगरी चामल, जिरा, चिनी, लुगाफाटोको मूल्य बढेको छ । व्यवसायीहरूले भने स्थानीय उत्पादन नभएकाले सामानको मूल्य माथिबाट नै बढेर आएको बताउँछन् । प्रशासन र स्थानीय तहले बर्सेनि चाडबाड केन्द्रित अनुमगन गरेर केही सामान बरामद गर्ने अनि निर्देशन दिने गरेको छ । तर, अनुमगनको औपचारिकतामै मात्र सीमित हुँदा चाडबाडमा उपभोक्ता ठगिने क्रम रोकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार