महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा रामेछापका एक पुरुष पूर्पक्षका लागि थुनामा

महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा रामेछापका एक पुरुष पूर्पक्षका लागि थुनामा

महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा रामेछापका एक पुरुष पूर्पक्षका लागि थुनामा गएका छन । जिल्लाको उमाकुण्ड गाउँपालिकाका एक पुरुषलाई महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा पूर्पक्षका लागि थुनामा पठाइएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

रामेछाप जिल्ला अदालतले उमाकुण्ड गाउँपालिका–३ का ४७ वर्षिय दिलबहादुर कार्कीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । कार्कीले उमाकुण्ड गाउँपालिका–५ उरमाखु पाल्टारकी २८ वर्षिया महिलालाई असोज ४ गते जवरवस्तीकरणी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको थियो ।

उजुरीका आधारमा पक्राउ परेका कार्कीलाई अदालतले सोमबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार