रामेछापको सदरमुकाम मन्थलीमा ट्राफिक सप्ताह सुरु

रामेछापको सदरमुकाम मन्थलीमा ट्राफिक सप्ताह सुरु

रामेछापमा ट्राफिक सप्ताह सुरु भएको छ । सोमबार(आज)देखी जिल्ला प्रहरी कार्यालय रामेछाप सामुदायिक प्रहरी र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा मन्थली देवकोटा चोकमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ भएको हो ।

उक्त कार्यक्रम अन्तर्गत एक हप्तासम्म प्रहरीले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम सम्बन्धी साताब्यापी कार्यक्रम संचालन गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

ट्राफिक सप्ताहमा पैदल यात्रीहरुलाई बाटो काट्न सचेत गराउने, चालक परिचालक तथा यात्रुहरुलाई ५ मिनेट कक्षा संचालन गर्ने, यात्रुलाई टिकट दिए नदिएको अनुगमन गर्ने, भाडा लिष्ट, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु भए नभएको, आरक्ष सिटको कार्यान्वयनको अवस्था, बढी भाडा लिए नलिएको, सडकको दाँया बाया रहेको फुटपाथ ब्यबस्थापन, जनचेतनामुलक पर्चा पम्प्लेट बितरणका साथै सडक सरसफाई लगाएतका कार्यक्रमहरु संचालन गरीने प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीले जानकारी दिनुभयो ।

यस कार्यक्रमको प्रभावकारी कार्यन्वयनको लागी मन्थली मा.वि.का २० जना छात्र÷छात्रा स्वंयमसेवक, प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो । यस कार्यक्रमबाट चाडपर्वको समयमा सहज आवागमन र सडक सुरक्षा अभिबृद्वी गर्ने उदेश्य राखिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार