जङ्गली हात्तीको आक्रमणमा परि रामेछाप लिखुतामाकोशीका एक युवकको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा परि रामेछाप लिखुतामाकोशीका एक युवकको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा परि रामेछापका एक युवकको मृत्यु भएको छ । सर्लाहीमा जङ्गली हात्तीको आक्रमणमा परि रामेछाप लिखुतामाकोशी घर भइ सर्लाहीको हरिवन नगरपालिका–७ टाइवान बस्ने १८ वर्षीय शिवप्रसाद दाहालको मंगलबार(आज) बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

जानकीनगरको जङ्गलमा बिहान घाँस दाउरा लिन गएको बेला उनलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार