रामेछापका स्थानिय तहले पर्यटन प्रवद्र्धनमा काम गर्न सकेनन्

रामेछापका स्थानिय तहले पर्यटन प्रवद्र्धनमा काम गर्न सकेनन्

रामेछापको पर्यटन प्रवद्र्धनमा सरकारी निकायले बेवास्ता गरेको व्यवसायी र सरोकारवालाले गुनासो गरेका छन् । जिल्लाको थानापती,सुनापती,खाँडादेवी,उमाकुण्ड,ताराखसे,केवलेश्वर,पाँचपोखरी,जटापोखरी,शैलुङ क्षेत्र लगायत रामेछापको महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् ।

जिल्लामा रहेका पर्यटकीय स्थलको पहिचान, विकास र प्रचारप्रसारमा सबै पक्ष एक हुनुपर्ने भए पनि सरकारी निकायले वास्ता नगरेको व्यवसायी तथा सरोकारवाला निकायले बताएका छन् । केही वर्ष अघिसम्म आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिने जिल्लाका होटलहरू अहिले सुनसान जस्तै छन् ।

सरकारीस्तरबाट पर्यटन प्रवद्र्धनमा चासो नहुँदा समस्या भइरहेको जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शेखरमान श्रेष्ठले बताउनुभयो । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि तीन तहमै संरचना पनि छ । तर नजिकको सरकारको रुपमा रहेको स्थानिय सरकारले कुनै कामै गर्न नसकेको नागरीकहरु बताउँछन ।

जिल्लाको रामेछाप नगरपालिकामा दर्जनभन्दा बढी धार्मिक,ऐतिहासिक एवं पर्यटकिय स्थलहरु छन । यस्ता स्थलहरुको संरक्षण र संवद्र्धनको कामहरु भएपनि प्रचार प्रसारको काम भने गर्न नसकिएको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार