रामेछापको खाँडादेवी गाउँपालिका प्रविधिमैत्री, टोलटोलमा पुग्यो इन्टरनेट सेवा

रामेछापको खाँडादेवी गाउँपालिकाले वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा दुई वर्षको लागि निःशुल्क फाइबर इन्टरनेट सेवा सञ्चालन ल्याएको छ । योसँगै अब गाउँपालिका पूर्ण रुपमा इन्टरनेटको पहुँचमा जोडिएको छ । पालिकाले सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा इन्टरनेट सेवाको सुरुवात गरेको हो । पालिका अन्तर्गत रहेका ८० वटा विद्यालय, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा […]

मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा छु : नगर प्रमुख बस्नेत

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना रहेको बताउनुभयो । मन्थलीमा सञ्चालित समता स्कुलको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले बिद्यमान महंगो शिक्षा प्रणालीलाई न्यूनिकरण गर्दै सरल र गुणस्तरीय शिक्षामा आफुले जोड दिइरहेको समेत बताउनुभयो । नगरप्रमुख बस्नेतले चैत्र मसान्त सम्ममा दुई पक्षिय […]

मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको मन्थली नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजोदेखी सुरु भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख बस्नेतले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो । यो […]

तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

रामेछापको सुनापति गाउँपालिकामा तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँस्तरमा रहेको खेलाडीहरुको पहिचान र खेलाडीहरुको क्षमता विकासको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । प्रतियोगिता आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म सन्चालन हुने अध्यक्ष लामाले बताउनुभयो । प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता […]

तामाकोसी नदीमा फेला परेको शवको पहिचान खुल्यो

तामाकोसी नदीमा हिजो फेला परेको महिलाको शवको पहिचान खुलेको छ । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ की वर्ष ३८ की निमा डोल्मा तामाङ रहेको रामेछाप प्रहरीले जनाएको छ । मृतकका दाई निर ब तामाङले आज प्रहरी कार्यालयमा आएर शव बुझेका छन । पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका […]

एक हप्तादेखी बेपत्ता दिपेश मानन्धर भेटिए

एक हप्तादेखी बेपत्ता भएका रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धर फेला परेका छन । बुधवार साँझ मानन्धर मन्थलीको भैशेश्वर चोकमा भेटिएका हुन । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् । घरवाट उपचारको लागि जान्छु भनेर हिडेका दिपेश […]

तामाकोसी नदीमा एक महिलाको शव फेला

तामाकोसी नदीमा एक महिलाको शव फेला परेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं २ एक्लेबर स्थित तामाकोसी नदीको बिच भागमा पानीको दहमा महिलाको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । नाम,ठेगाना नखुलेको अन्दाजी वर्ष ४०÷४५ की महिलाको शब आज दिउँसो फेला परेको हो । मृतको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

एक हप्तादेखी बेपत्ता दिपेशलाई भेटाउनेलाई १ लाख बढी पुरस्कार दिने

रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धरलाई फेला पार्ने व्यक्तिलाई उहाँको परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किनुभएको छैन । घरवाट निस्कदा दिपेशले […]

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ खेलाडी छनौट

बाग्मती प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ जना खेलाडी छनौट भएका छन् । मंगलबार श्री गौरीशंकर बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलाडी छनौट प्रतियोगिता मार्फत २६ जना खेलाडी छनौट भएको जिल्ला तेक्वान्दो संघ रामेछापका उपाध्यक्ष टिकाराम रानामगरले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशमा खेल्ने र प्रदेशवाट छनौटमा परेका खेलाडीहरुले निकट भविष्यमा हुन […]

रामेछापमा घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेन

रामेछाप जिल्लामा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेको छैन । सरकारले असुरक्षित छानामुनि बसोबास गरिरहेकालाई लक्षित गरी यो कार्यक्रम अघि बढाएको हो । गत वर्षसम्म छाना फेर्न ५० हजार रुपैयाँ दिने गरिएकामा चालु आवमा प्रतिपरिवार ७५ हजार रुपैयाँ दिने जनाइएको छ । उक्त रकम लाभग्राहीले सम्झौता गरेपछि […]