रामेछापमा चाडपर्व लक्षित सुरक्षा योजना लागू,अपरिचित व्यक्तिहरूको निगरानी गर्न प्रहरीको अनुरोध

रामेछापमा चाडपर्व लक्षित सुरक्षा योजना लागू,अपरिचित व्यक्तिहरूको निगरानी गर्न प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय रामेछापले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । दशै तिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करी लगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर पराजुलीले जानकारी दिनुभयो ।

चाडपर्वको समयमा कतै जाँदा घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि उहाँको आग्रह छ । दसैँतिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायत विषयलाई मध्यनजर गर्दै मन्थलीको देवकोटा चोक र सेलेघाटमा यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।

चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यस्तो गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा खबर गर्न समेत रामेछाप प्रहरीले आग्रह गरेको छ । चाडपर्वको समयमा रमाइलो गर्ने बहानामा कानुनद्वारा प्रतिबन्धित जुवा, तास, सट्टे बाजी जस्ता कार्य नगर्न रामेछाप प्रहरीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार