जिल्ला अस्पताल रामेछापमा भएको नशा तथा मानसिक रोग शिविरमा ७० जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा भएको नशा तथा मानसिक रोग शिविरमा ७० जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार(आज) भएको नशा तथा मानसिक रोग शिविरमा ७० जनाले सेवा लिएका छन । मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटाले शिविरमा सेवा दिनुभएको हो ।

“अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो ।

शिविरमा नशा तथा मानसिक रोगका विरामीहरुले सेवा लिएको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा प्रत्येक महिनाको एक दिन बिशेषज्ञ डाक्टरसँग समन्वय गरेर मानसिक तथा नशा रोग बिशेषज्ञद्वारा मानसिक रोगीहरुको जांच तथा उपचार र परामर्श सहितको सेवा संचालन भैरहेको अस्पताल विकास समितिका अध्यक्ष पाख्रिनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार