आजबाट म्यादी प्रहरीको भर्ना खुल्यो,, रामेछापमा ७८५ जना म्यादी प्रहरीको माग

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट म्यादी प्रहरीको भर्ना खुलेको छ । बिहान १० बजेदेखि देशका सबै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन […]

२२० केभी नयाँ खिम्ती सब-स्टेशनको प्रधानमन्त्री देउवाद्धारा उद्धघाटन

तामाकाेशी जलविद्युत आयाेजनाकाे मुख्य सब-स्टेशनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले  रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ के.भी. सब-स्टेशन शनिबार उद्घाटन गर्नुभएको हाे । सब-स्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी […]

रामेछाप नगरपालिकाका २५ जना कृषकलाई हाते ट्याक्टर वितरण

रामेछापको रामेछाप नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका ९ वटा वडाका २५ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रम अन्र्तगत नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको नगरप्रमुख नर ब थापा मगरले […]

लिखुतामाकोसी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको कार्यकाल विवादै विवादमा बित्यो

पाँच वर्षको कार्यकालका लागि ७ सय ५३ स्थानीय तहमा निर्वाचित भएकामध्ये कतिपयले आफ्नो कार्यकाल विवादै विवादमा सक्ने अवस्था बनेको छ । कति पालिकामा प्रमुख उपप्रमुखबीच विवाद छ भन्नेतथ्याङ्क नभएपनि विवादका कारण बोलचाल बन्द हुने, एकले गरेको काममा अर्कोले मुद्दा हाल्ने र हात हालाहालसम्मको स्थिति यसअवधिमा देखिएको होे । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षविचको […]

सेलेघाट साँघुटार सडक आयोजनालाई छिटो काम सक्न रामेछाप नगरपालिकाको निर्देशन

रामेछापको रामेछाप नगरपालिकाले साँघुटार सेलेघाट सडक आयोजनालाई छिटो भन्दा छिटो काम सक्न निर्देशन दिएको छ । सेलेघाट साँघुटार सडक निर्माणका लागि रामेछाप नगरपालिका प्रमुख नर ब थापा मगरको संयाेजकत्वमा सडक निर्माणकाे ठेक्का जिम्मा लिएकाे भारतिय कम्पनी TCIL का प्रमुख तथा सराेकारवालाहरुकाे उपस्थितिमा छलफल गरी तत्काल सडक निर्माण कार्य गर्ने प्रतिबद्धता सहितकाे निर्णय गरिएको छ । […]

दलित महिला संघ जिल्ला शाखा रामेछापले मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने

दलित महिला संघ जिल्ला शाखा रामेछापले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार संस्थाले जिल्ला स्तरीय सरोकारवाला निकाय विच समन्वय कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मतदाताहरुले ठिक तरिकाले मतदान गर्न,मत बदर संख्या शुन्यमा झार्न मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको दलित महिला संघ […]

होलीमा उच्छृंखल गतिविधि रोक्न रामेछापमा एक सय प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय रामेछापले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै प्रहरी खटाउने भएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व मनाउन अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । होली पर्वलाई सभ्य र […]

ब्राउन सुगरसहित रामेछापका मगर पक्राउ

मोरङको बिराटनगरबाट ब्राउन सुगर सहित प्रहरीले ३ जना पक्राउ परेका छन । बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगर सहित पक्राउ पर्नेहरूमा रामेछापका एक पुरुष पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछापका ३४ वर्षका कृष्ण बहादुर मगर, सिन्धुपाल्चोकका ३८ वर्षका सन्दिप खड्का र काठमाण्डौका २३ वर्षका हिमाल नेपाल रहेका छन । उनिहरूको साथबाट प्रहरीले […]

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा रामेछापले सिन्धुपाल्चोकलाई हरायो

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको फुटबल प्रतियोगितामा रामेछाप विजयी भएको छ । रामेछापले सिन्धुपाल्चोकलाई हराएको हो । रामेछापले सिन्धुपाल्चोकलाई ट्राइब्रेकरमा ४–२ ले हराएको हो । ट्राइब्रेकरमा रामेछापका श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गर्नुभयो । सिन्धुपाल्चोकका सुजन माझी र विज्ञान थिङले मात्र गोल गर्न सके । खेलमा रामेछापका […]

जिल्ला अस्पताल रामेछापमा सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ शल्यक्रिया

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको शनिबार १२ औँ दिन पुगेको छ । सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । जिल्ला अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएदेखी नै अस्पतालमा सुत्केरी हुन आउनेहरुको संख्यामा वृद्धि भएको छ […]