रामेछापमा आहिलेसम्म कोहि पनि तेस्रो लिंगीले लिएनन् नागरीकता

रामेछापमा आहिलेसम्म कोहि पनि तेस्रो लिंगीले लिएनन् नागरीकता

रामेछापमा आहिलेसम्म कोहि पनि तेस्रो लिंगीले नागरीकता नलिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रकाश प्रधानका अनुसार अहिलेसम्म जिल्लाका कोही पनि तेस्रो लिंगीले नागरीकता नलिएका हुन ।

जिल्लामा तेस्रो लिंगी नभएका हुन वा भएर पनि नागरीकता नबनाएका हुन भन्ने कुरा खुल्न नसकेको उहाँले बताउनुभयो । पत्रकार दिपक घिमिरेका अनुसार समाजमा तेस्रो लिंगी व्यक्तिलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार फरक भएका कारणले पनि उनिहरु खुल्न नसकेका हुन ।

जिल्लामा धेरै संख्यामा तेस्रो लिंगी व्यक्तिहरु भएपनि उनिहरुले आफनो पहिचान लुकाएर लिङ्ग महिला वा पुरुष राखेर नागरीकता लिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार