रामेछाप नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामूलक नाटक प्रदर्शन

रामेछाप नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामूलक नाटक प्रदर्शन

रामेछापको रामेछाप नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । गत मङ्सिर ९ गते देखी सुरु भएको अभियान अन्तर्गत आज नगरपालिकाको कार्यालय अगाडी सडक नाटक प्रदर्शन गरिएको हो ।

आर.बि.पी.डब्लु रामेछाप र समाजसेवा जागृती महिला समुहसँगको सहकार्यमा नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेको छ । यि दुई संस्थाका कलाकारहरुले लैङ्गिक हिंसा,महिला हिंसा,घरेलु हिंसा र पछिल्लो समय बढीरहेको प्रविधिसँग सम्बन्धित हिंसाहरुको बारेमा जनचेनामूलक नाटक प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खडका कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय महिला मात्रै नभएर पुरुषहरु पनि हिंसामा परिरहेको बताउनुभयो । महिला पुरुष जो जसले हिंसा सहेर बसिरहेका छन उनिहरुलाई हिंसा सहरे नबस्न उहाँले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले लैंगिक हिंसा अन्त्य गर्न सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले १६ दिने अभियानभर मात्रै नभई बर्ष भरी नै सबै नागरिक सचेत भएर लाग्न सके मात्रै हिंसा अन्त्य हुने बताउनुभयो ।

रामेछाप नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउनुको उद्धेश्य,नगरपालिकाले महिलाहरुको क्षेत्रमा गरिरहेको कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार