रामेछाप सहित देशभर चिसो बढ्यो

रामेछाप सहित देशभर चिसो बढ्यो

रामेछाप सहित देशभर चिसो बढ्ेको छ । देशका केही भू–भागमा आज हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने विभागले बताएको छ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।

विभागकाअनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

बिहानको समयमा तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ ।

हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार