रामेछाप प्रहरीमा घरेलु हिंसाका ३५ वटा उजुरी दर्ता

रामेछाप प्रहरीमा घरेलु हिंसाका ३५ वटा उजुरी दर्ता

रामेछापमा गत आर्थिक वर्ष र चालु वर्षको हालसम्मको अवधिमा महिला विरुद्ध हुने घरेलु हिंसा विरुद्धका ३५ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रबक्ता रञ्जन गिरीले सो कुरा जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीमा आर्थिक वर्ष २०७९/८० मा महिला विरुद्ध हुने हिंसाका ३० वटा उजुरी दर्ता भएका हुन् भने चालु वर्षको हालसम्म ५ वटा उजुरी परेको उहाँले बताउनुभयो ।

गत वर्ष जिल्लामा १२ वटा जबरजस्तीकरणीको घटना भएको थियो भने चालु वर्षको हालसम्म ७ वटा जबरजस्तीकरणीको घटना भएको प्रहरी प्रबक्ता गिरीले बताउनुभयो ।

पछिल्लो समय स्थानिय तहहरुकोे न्यायिक समितिमा घरेलु हिंसा विरुद्धको उजुरीहरु मिलापत्र हुने क्रम बढेको छ । जसका कारण प्रहरीमा उजुरी लिएर आउने क्रम केही घटेको प्रहरी निरीक्षक गिरीको भनाई छ ।

जिल्लाका स्थानिय तहहरुले हरेक वर्ष लाखौँ रकम खर्च गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाएपनि महिलाविरुद्ध हुने हिंसाको घटनामा भने कमी आउन सकेको छैन ।

हरेक वर्ष अन्तरक्रिया,र्याली,सडक नाटक जस्ता कार्यक्रमहरु मात्रै गरेर हिंसा अन्त्य नहुने आरविपी डब्लु रामेछापका सचिव अपना कुमारी श्रेष्ठले बताउनुभयो ।

जबसम्म म हिंसा गर्दिन र म हिंसा पनि सहन्न भन्ने कुरामा मानिस प्रतिबद्ध हुन्छ तब मात्रै सबैखाले हिंसाहरु अन्त्य हुने सुकाजोर सकृय महिलाका अध्यक्ष राशी कार्कीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार