रामेछाप कारागारका ३५ जना कैदीले गरे रक्तदान

रामेछाप कारागारका ३५ जना कैदीले गरे रक्तदान

जिल्ला कारागार कार्यालय रामेछापमा रहेका ३५ जना कैदीले रक्तदान गरेका छन । जिल्ला कारागार कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।

अस्पतालमा रगतको आवश्यकता पर्ने बिरामीलाई रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापका सदस्य ढाल विक्रम कार्कीले बताउनुभयो । जिल्ला कारागार कार्यालय रामेछापमा अहिले २१ जना महिला सहित जम्मा ३ सय ५३ जना कैदी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार