रामेछापमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

रामेछापमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान रामेछापमा शुरु भएको छ । ‘ लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ रामेछाप नगरपालिकाले रामेछाप बजारमा जनचेतनामुलक प्रभातफेरी तथा नगरपालिकाको कार्यालयमा दिप प्रज्वलन गरेर अभियानको शुभारम्भ गरेको हो । रामेछाप नगरपालिकाबाट निकालिएको प्रभातफेरी माथिल्लो बजार,तल्लो बजारको मानेँडाँडा पुगेर पुन नगरपालिकाको कार्यालयमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले लैंगिक हिंसा अन्त्य गर्न सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले १६ दिने अभियानभर मात्रै नभई बर्ष भरी नै सबै नागरिक सचेत भएर लाग्न सके मात्रै हिंसा अन्त्य हुने बताउनुभयो । आर.वि.पी डब्लु रामेछाप,महिला जागृती सहकारी र रामेछाप नगर उद्योग वाणिज्य संघसँगको सहकार्यमा १६ दिनसम्म विभिन्न कार्यक्रहरु गरेर मनाइने महिला तथा बालबालिका शाखाका प्रमुख विमला कमारी शर्माले बताउनुभयो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाईदै आएको छ । सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो । रामेछापका सबै स्थानिय तहहरुले यो अभियानमा विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार