रामेछाप नगरपालिका– ३ ले टोलटोलमै पुगेर नागरीकहरुको स्वास्थ्य परीक्षण गर्दै

रामेछाप नगरपालिका– ३ ले टोलटोलमै पुगेर नागरीकहरुको स्वास्थ्य परीक्षण गर्दै

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ ले टोलटोलमै पुगेर नागरीकहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । वडा नं ३ ले साँघुटार स्वास्थ्य चौकीसँगको सहकार्यमा वडाको सबै टोलहरुमा पुगेर ४० वर्ष माथिका नागरीकहरुको स्वास्थ्य परीक्षण गरिने कार्यक्रम रहेको वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिनुभयो ।

स्वस्थ व्यक्तिमा नसर्ने रोगहरु र तिनका जोखिमहरु सममा नै पहिचान गरी उचित स्वास्थ्य परामर्श,स्वास्थ्य व्यवहार परिवर्तन,परिक्षण,निदान र उचार गरी नसर्ने रोग जटिल हुन नदिन शिविर संचालन गर्न लागिएको वडाअध्यक्ष प्रधानले बताउनुभयो । शिविरमा सुगर जाँच तथा रक्तचापको जाँच सहित नागरीकहरुको स्वास्थ्य परीक्षण गरिने उहाँले बताउनुभयो ।

शिविर यहि मंसिर १४ गते थाक्ले डाँडा सहरी स्वास्थ्य केन्द्रमा,मंसिर १५ गते कमलाबारी जल्पा जुठेश्वरी आविमा संचालन हुनेछ । यसैगरी मंसिर १७ गते बाकिमैरी टावर डाँडा र मंसिर मंसिर १८ गते हाटेचौर साँघुटारमा शिविर संचालन हुनेछ । शिविरमा स्थानिय स्तरमा स्वास्थ्य परीक्षण मात्र हुने र थप उपचार आवश्यक पर्नेहरुको लागी रेफर गरी पठाउने व्यवस्था रहेको साँघुटार स्वास्थ्य चौकीले जानकाररी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार