लिखु तामाकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

लिखु तामाकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको लिखु तामाकोशी गाउँपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिरबा(आज) देखी सुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष केशव महले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै अध्यक्ष महतले स्वास्थ्यका खेलकुद निकै महत्वपुर्ण रहेको भन्दै खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी गाउँपालिकाले कामहरु गरिरहेको बताउनुभयो ।

रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउने विद्यालयलाई गाउँपालिकाले हरेक वर्ष ५० हजार रुपैयाँ दिँदै आएको अध्यक्ष महतले बताउनुभयो ।

गाउँपालिका भरीका १० वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार