सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह : मन्त्री श्रेष्ठ

सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह : मन्त्री श्रेष्ठ

बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह बन्नु परेको गुनासो गर्नुभएको छ ।

बुधबार रामेछापको मन्थलीमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले संविधान कार्यान्वयनको लागि आवश्यक कानुन सङ्घीय सरकारले नबनाउँदा प्रदेश सरकार निरीह भएको गुनासो गर्नुभयो ।

चार वर्षअघि सङ्घीय संसद्बाट पारित भएको प्रहरी ऐन कार्यान्वयनमा आउन नसकेको भन्दै मन्त्री श्रेष्ठले केन्द्र सरकारमा रहेका कर्मचारी काम नपाएर घाम तापेर बसेका तर प्रदेश सरकारले काम गर्ने कर्मचारी नपाएकोमा आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले संविधानमा साझा अधिकार सूचीमा रहेका अधिकारहरू प्रयोग गर्नका लागि कानुन नबन्दा संविधान कार्यान्वयनमा ठुलो जटिलता देखिएको दाबी पनि गर्नुभयो ।

सङ्घीय सरकारबाट कानुन बनाएर प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन आनाकानी गरिरहेका बेला प्रदेशलाई नै खारेज गर्न घृणा फैलाउने काम भइरहेकोमा उहाँको चिन्ता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार