रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै,सरोकारवालाहरुसँग सुझाव संकलन

रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै,सरोकारवालाहरुसँग सुझाव संकलन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । सरोकारवालाहरुसँग सुझाव संकलन गर्दै नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्न लागेको हो । शुक्रबार(आज) नगरपालिकाको सभाहलमा नगरपालिकाका अगुवा कृषक तथा सरोकारवालाहरुसँग कृषि एम्बुलेन्स संचालन सम्बन्धि सुझाव संकलन गरिएको हो ।

कृषक तथा सरोकारवालाहरुले कृषि एम्बुलेन्स संचालन गर्दा नगरपालिकाले समेटनुपर्ने विभिन्न विषयवस्तुमा रहेर सुझाव दिएका थिए । उनिहरुले कृषि उपज उत्पादन,बजारीकरण,ढुवानी,कृषि अनुदान,कृषि सामाग्री वितरण लगाएतसँग सम्बन्धित जिज्ञासा तथा गुनासोहरु पनि राखेका थिए ।

रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले सरोकारवालाहरुबाट आएको सुझाव अनुसार नै कृषि एम्बुलेन्स संचालन हुने बताउनुभयो । त्यसका लागी विभिन्न समिति तथा उपसमितिहरु गठन भैसकेको उहाँको भनाई छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले किसान लक्षित कृषि एम्बुलेन्स खरिद भैसकेको बताउनुभयो । अब चाँडै कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म पुर्याइने उहाँको भनाई छ ।

नगरपालिकाको वडा नं १ देखी ९ सम्मका किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि कृषि एम्बुलेन्स खरिद गरिएको हो । रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलका अनुसार नगरपालिकाका किसानले जुनार,काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली,खुर्सानी, अदुवा, साग,आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ,गेडागुडी लगायतका तरकारी उत्पादन गर्ने गरेका छन ।

गाउँमा उत्पादन भएका फलफूल र तरकारी रामेछाप बजारको बिहिबारे हाट र मन्थली बजारमा लगेर बेच्ने गरिएको छ । कृषि एम्बुलेन्स सञ्चालन भएपछि किसानको घर–घरबाट यि चिजवस्तुहरु बजारसम्म पुर्याइने छ ।

यहाँका किसानले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पु¥याउनुपर्ने बाध्यता छ । कृषि एम्बुलेन्सको प्रयोगबाट किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार