गाई भैँसी सुत्केरी भक्ता पाएपछि रामपु्रका किसान दंग

रामेछाप नगरपालिका वडा नं ५ रामपुरका ६२ जना किसानहरुलाई गाई भैँसी सुत्केरी भक्ता वितरण गरिएको छ । गाई भैँसी सुत्केरी भक्ता पाएपछि किसानहरु पनि दंग भएका छन । रामपुरका नरमायाँ मगरले गाई सुत्केरी हुँदा पनि पैसा पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले सो रकमले सुत्केरी गाईलाई दाना र भिटामिन किनेर खुवाउने बताउनुभयो । दुधमा […]

रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

रामेछाप नगरपालिका वडा नंं ५ रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई रामेछाप नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा मार्फत रामपु्रका २१ जना असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक,झोला,कपिकलम लगायतका सामाग्रीहरु सहयोग गरिएको हो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमखु सृजना खड्काले नगरका पढ्न लेख्नबाट बन्चित कोहि बालबालिका भए नगरमा […]

रामेछाप ओख्रेनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न भएको छ । त्यहाँका १५ जना महिलाहरुलाई वडा कार्यालयले सिलाई कटाई सम्बन्धि तालिम दिइएको हो । तालिममा सहभागीहरुले महिला तथा पुरुषको विभिन्न डिजाईनका कपडाहरु सिलाउन सिकेको बताएका छन । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले नगरपालिकाका […]

गौरीशङकर माविले मनायो ५७ औँ वार्षिकोत्सव

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी आज ५७ औँ वार्षिकोत्सव मनाएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापना समितीका अध्यक्ष पुर्ण बहादुर मगरको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमखु सृजना खड्काले आफु अध्यन गरेको विद्यालयको प्रमुख अतिथी भएर बोल्न पाउँदा खुशी लागेको […]

रामेछाप नगरपालिकामा गाई भैँसी सुत्केरी भत्ता वितरण

रामेछाप नगरपालिकाले वडा नम्बर १ र ३ का पश्ुपालक किसानहरुलाई गाई भैँसी सुत्केरी भक्ता वितरण गरेको छ । वडा नम्बर १ का ७१ जना कृषक र वडा नम्बर ३ का ८० जना किसानहरुलाई एक गाई वा एक भैँसी सुत्केरी भए बराबर १ हजारका दरले सुत्केरी भक्ता वितरण गरेको हो । आज वडा नम्बर ३ का […]

हिंसा रहित सभ्य समाजको निर्माण गर्न लागि परेका छौँ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न नगरपालिका लागि परेको बताउनुभयो । रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा आज लैङ्गीक हिंसा तथा मानव वेचविखन विरुद्धको सडक नाटक कार्यक्रमको प्रम्ुख अतिथि समेत रहनुभएका उपप्रमुख खड्काले महिलाहरु स्वभावैले सहनशील र घरयासी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण […]

रामेछाप साँघुटारको एक विद्यालयमा तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षक

रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा रहेको ककनी आधारभूत विद्यालयलयमा बिगत लामो समयदेखी तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षकहरुले एकै कक्षा कोठामा राखेर पढाउँदै आएका छन् । २०५१ सालमा स्थापना भएको उक्त विद्यालयमा शुरुका वर्षहरुमा कक्षा ८ सम्म पढाई हुने गर्दथ्यो । पछिल्लो समय गाउँमा रहेका युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम वढ्दो र गाउँका अभिभावकहरु आफ्ना साना […]

गाउँका डाक्टर सुमन सम्मानित

विगत तीन दशक भन्दा लामो समय देखि निरन्तर ग्रामिण स्वास्थ्य सेवामा समर्पित डा. सुमन कर्माचार्य सम्मनित भएका छन् । रामेछाप जिल्लामा लामो समय देखि चिकित्सा क्षेत्रमा रहेर तिकित्सकको भूमिका निर्वाह गरी जनसेवकको रुपमा काम गर्दै स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल ओपन कलेज सानेपाले दुई दशकमा प्रदान गर्ने दशक […]

रामेछापका ४३ हजार ७४१ जना युवा युवतीहरु बैदेशिक रोजगारीमा

सुरक्षित बैदेशिक रोजगार कार्यक्रम रामेछाको तथ्याङ्क अनुसार अहिले जिल्लाका ४३ हजार ७४१ जना युवा युवतीहरु बैदेशिक रोजगारीका लागि विभिन्न देशमा छन् । आर्थिक वर्ष २०६७÷०६८ देखी गत आर्थिक वर्ष २०७६÷०७७ सम्म एक दशकको अवधिमा श्रम स्विकृती लिएर ३८ हजार ३२८ जना पुरुष र पाँच हजार ४१३ जना महिला बैदेशिक रोजगारीमा गएको सुरक्षित बैदेशिक रोजगार कार्यक्रमका […]

रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन भएको तयारी कक्षामा नगरपालिकाका ५० जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका थिए । १५ दिने निशुल्क लोकसेवा तयारी […]