रामेछापमा फेरी बढे कोरोना संक्रमित, १६१ जना आइसोलेसनमा

रामेछापमा फेरी बढे कोरोना संक्रमित, १६१ जना आइसोलेसनमा

रामेछाप जिल्लामा केही दिन अघिसम्म कोरोना संक्रमित घटेको भएपनि फेरी संक्रमित बढ्न थालेका छन । सोमबार मात्रै जिल्ला अस्तालमा १२ जना कोरोना संक्रमित थपिएका छन ।

सोमबार रामेछाप नगरपालिकामा १ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,खाँडादेवी गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र दोरम्बा गाउँपालिकामा ३ जना गरी २३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ सय ३७ जना पुगेको छ ।

सोमबार जिल्लामा २४ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट १२ जना,रामेछाप नगरपालिकाबाट ७ जना,खाँडादेवी गाउँपालिकाबाट ४ जना, र लिख्ु तामाकोशी गाउँपालिकाबाट एक जनाले कोरोना जितेका छन । यो सँगै जिल्लामा कोरोना निको हुनेको संख्या २२ सय ५५ रहेको छ ।

जिल्लामा अहिले १६१ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २१ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन परीक्षण मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार