३९ औंँ विपी स्मृति दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

३९ औंँ विपी स्मृति दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवसको अवसरमा रामेछापमा वृक्षारोपण गरि मनाइएको छ । आज विपि स्मृति भवन मन्थलीको परिसरमा वृक्षारोपण गरिएको हो । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने,सचिव लेख ब कार्की लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले (बीपी कोइराला)को योगदानको चर्चा गर्दै वृक्षारोपण गरेका हुन ।

वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक हुनुन्थ्यो ।उहाँले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नुुभयो । राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नुभएका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री हुनुभयो ।

उहाँले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएन । निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो । त्यसपछि उहाँ आठ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र सङ्घर्षमै उहाँको जीवन बित्यो । ‘मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने मान्यताबाट अगाडि बढ्नु भएका बीपीले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्नु सक्नुहुन्थ्यो तर उहाँले सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीति गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार