रामेछाप गाईखुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु

रामेछाप गाईखुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु

रामेछापमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं १ गाईखुरामा रहेको एस के मोटर वर्कशवमा कार्यरत भारत मोतिहारी घर भएका वर्ष ३० का असरत आलामको ज्यान गएको रामेछाप प्रहरीले जनाएको छ ।

आज दिउँसो १२ बजेको समयमा काम गर्ने क्रममा अचानक विद्युत सप्लाई हुने मोटरमा टासिएर आलमको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार