पुष्पलाल स्मृति दिवसको अवसरमा भँगेरीमा एमालेद्धारा श्रद्धान्जली तथा माल्यार्पण

पुष्पलाल स्मृति दिवसको अवसरमा भँगेरीमा एमालेद्धारा श्रद्धान्जली तथा माल्यार्पण

रामेछापको भँगेरीमा नेकपा एमाले रामेछापले श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला तथा रामेछाप नगर संगठन कमिटिले पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्दै श्रद्धान्जली अर्पण गरेको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलको प्रमुख आतिथ्यतामा आयोजना गरीएको कार्यक्रममा नेकपा एमाले रामेछापका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुले पुष्पलाल श्रेष्ठले गरेको योगदानको चर्चा गरेका थिए ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार