राष्ट्रिय वाणिज्य बैँक बन्द हुँदा सेवा ग्राहि मारमा

राष्ट्रिय वाणिज्य बैँक बन्द हुँदा सेवा ग्राहि मारमा

राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा केहि दिनदेखि बन्द छ । बैँकमा कार्यरत सबै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि बैँकबाट प्रवाह हुने सेवाहरु बन्द छ । रामेछाप डाडाँको एक मात्रै बैँक बन्द भएपछि सेवा ग्राहिहरु मारमा परेका छन ।

बैँक बन्द हुँदा बैँक मार्फत हुने नगद कारोबार तथा तलब भुक्तानीका लागी निकै समस्या भएको रामेछाप नगरपालिकाका स्थानिय महेश मगरले गु्नासो गर्नुभयो । रामेछाप बजारमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पनि बैँक बन्द हुँदा निकै समस्या परेको छ ।

नगद जम्मा तथा अन्य आर्थिक कोरोबार गर्नलाई बैँक बन्द हुँदा समस्या भएको साहारा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी शन्देस शाहीले बताउनुभयो । बैकमा काम परेर आउने धेरै जना सेवा ग्राहि बैँक बन्द हुँदा निराश भएर फर्कने गरेका छन ।

यो आर्थिक वर्षको पहिलो महिनामा धेरै व्यक्ति तथा संघसंस्थाहरुको बैँकमा आर्थिक कारोबार हुने भएपनि बैँकले भने वैकल्पिक व्यवस्था नगरी पुरै बैँक नै बन्द गर्दा सेवाग्राहि मारमा परेका हुन ।

अब कहिले बैँक खुल्ने भन्ने बारेमा ठ्याक्कै भन्न नसकिने बैँकका प्रबन्धक ईन्द्र दुलालले बताउनुभयो । अन्य शाखाबाट कर्मचारी ल्याएर सेवा प्रवाह गर्न नसकिएको उहाँले बताउनुभयो । बैँकका प्रबन्धक सहित कर्मचारीमा आईतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार