रामेछापमा ट्राफिक प्रहरीद्धारा डेढ करोड राजश्व संकलन

रामेछापमा ट्राफिक प्रहरीद्धारा डेढ करोड राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले लगभग डेढ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा सो रकम संकलन गरेको हो । ट्राफिक कार्यालयले १ वर्षको अवद्यिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन गरेको ट्राफिक कार्यालय रामेछापका सुचना अधिकारी श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार